चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाणका लागि टिकट उपलब्ध गराउन आग्रह

399

काठमाडौं । अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाणका रुपमा टिकट उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।

चार्टर्ड उडानको नाममा बढी भाडा उठाइएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । बढी भाडा तिरेर यात्रा गरेको भए त्यसको प्रमाण छानबिन समितिलाई उपलब्ध गराइदिन आग्रह गरेको हो ।

छानबिन समितिले सूचना प्रकाशित गर्दै २०७८ वैशाख २४ गतेदेखि अहिलेसम्म अन्तराष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महँगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण (टिकट) उपलब्ध गराउन आग्रह गरेको छ ।

उजुरीकर्ताको व्यक्तिगत पहिचान तथा अन्य विवरण गोप्य राखिने पनि जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...