लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

246

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बुधबार बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेको प्रश्नको जबाफ दिने र विनियोजन विधेयक पेस गर्ने कार्यसूचि तोकिएको थियो ।

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...