विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सातै प्रदेशका कानुनमन्त्रीलाई गृहमन्त्रीको निर्देशन

271

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले विपद् व्यवस्थापन, कोरोना भाइरस नियन्त्रण तथा शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका छन् ।

मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोरोना संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसँग समन्वय गरेर अघि बढ्ने पनि बताएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र विपत व्यवस्थापन कार्यायोजनाका विषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्तरुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटो अघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।

छलफलमा मन्त्रीहरुले विपद् प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...