थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

काेराेना अपडेट

430

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ६७७ आरटी पिसिआर र ४ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जनाएको छ ।

मन्त्रालयका अनुसार आइबार देशभरबाट ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा ५१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...