काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७ सय ६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८ सय ७२ जना र भेन्टिलेटरमा २ सय ४६ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएर फर्किँएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ । निको हुने दर ८९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ४४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।