१४३ किलो गाँजासहित ३ जना पक्राउ

486

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान ३ बजेको समयमा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना१ख ९९१० नम्बरको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...