काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ६ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७ सय ११ आरटी पिसिआर र ४ हजार ७ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय १६ जना र भेन्टिलेटरमा २ सय ४९ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । निको हुने दर ८८.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ३९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।