महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती, ५ जना घाइते

203

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–१ पर्साबजारमा गएराति डाँकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ गौशाला सडकखण्डको २०० मिटर उत्तरपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गएराति डाँकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँ लुटपाट गरेको हो ।

८÷९ जनाको समूहमा पुगेको हतियारधारी डाँका समूहको आक्रमणबाट ५० वर्षीय वीरेन्द्र साह, श्रीमती ४५ वर्षीया सुशिला, २५ वर्षीय छोरा सम्भु, २० वर्षीया छोरी कञ्चन र १७ वर्षीय छार राजीव घाइते भएका छन् ।

साहको कम्मरमा गोली लागेको छ । उनलाई तत्कालै जनकपुर उपचारका लागि ल्याइएको थियो । तर, त्यहाँ सम्भव नभएपछि धरान रेफर गरिएको छ । उनका परिवासका अन्य सदस्यहरुको भने जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाँकाहरुले साहको पसलबाट नगद २ लाख रुपैयाँ, ५ तोला सुन र १ सय ७२ तोला चाँदी गरी ९ लाख ९७ हजार रुपैयाँ लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...