प्रधानमन्त्री ओलीको निर्देशन– बाढीपहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्नु

163

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारणा उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैटौँ बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । उनले सरकारले विपद्पूर्ण नै सम्भावित जोखिमबो आंकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्री ओलीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका। ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए । उनले ठूलो संख्यामा जनतालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड–१९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने बताए । उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उनले जोड दिए ।

राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारण प्रधानमन्त्री ओलीको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...