मकवानपुरबाट साढे ९६ किलो गाँजासहित कारोबारमा संलग्न ५ जना पक्राउ

427

मकवानपुर । प्रहरीले मकवानपुरबाट कन्टेनरमा लुकाएर लैजाँदै गरेको साढे ९६ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरबाट हेटौंडा लाँदै गरेको अवस्थामा मंगलबार रागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडीका चालकमकवानपुर मनहरी गाउँपालिका–६ का २५ वर्षीय सन्तोष आले मगर, सहचालक २१ वर्षीय मोसा घलान, कन्टेनरमा सवार कैलाश गाउँपालिका– ८ भार्ताका २४ वर्षीय उमेश लामा, चितवनको राप्ती नगरपालिका–२का ३१ वर्षीय विष्णु लामा र कैलाश गाउँपालिका–८का २९ वर्षीय रोशन मोक्तान रहेका छन् ।

चालक, सहचालक र कन्टेनरमा सवार व्यक्तिलाई प्रहरीले मंगलबार राति १० बजे ना२ख ५५७९ नम्बरको कन्टेनरसहित हेटौंडा–१० भुटनदेवीबाट पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा गाँजा कारोबारमा संलग्न अन्य २ जनालाई बुधबार बिहान पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिई लागुऔषध ऐन अन्तर्गत कारबाही थालिएको राठौरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...