मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७८ स्वीकृत

489

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको गृह मन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८का साथै विपद् व्यवस्थापन स्यमंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८ प्रारम्भिक द्रूत लेखााजोखा कार्यविधि, २०७८, गैर सरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि २०७८लाई स्वीकृत गरेको छ ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको पाँचथर दुप्चेश्वर गाउँपालिका–१ को नेगी भन्ने स्थानमा रहेको ढुंगाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिलोको जोखिम बढीरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहातका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

सिन्धुपाल्चोकसहित बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विष्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा अधिकारीलाई निर्देशन दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...