भारतीय सेनामा महिलाको खोजी त्रिपक्षीय सन्धिविपरीत : फणिन्द्र नेपाल

368

काठमाडौं । ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भारतीय सेनामा नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहको बताएका छन् ।

नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल–बेलायत–भारतबीच भएको त्रिपक्षीय सन्धिविपरीत रहेको समेत उनले उल्लेख गरेका छन् । “नेपाली युवतीहरुलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन,” नेपालले भने,“यौन शोषण र मनोरञ्जनका लागि मात्र हो ।”

उनले गोर्खा भर्ती सम्बन्धमा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता ‘गोर्खा जवान’ भनेर पुरुषलाई मात्रै इङ्गित गरिएको बताए । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भर्ती खुदाउनु गम्भीर विषय रहेको उनको टिप्पणी छ ।

“नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरंगनाका रुपमा कहलिएको अवस्था पनि होइन । त्यसैले यौन शोषणबाहेक अरु उद्देश्य हुनै सक्दैन,” नेपालले भने ।

भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत् बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...