थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

158

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ४ सय ३८ आरटी पिसिआर र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय ९५ जना र भेन्टिलेटरमा ३ सय २५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८७.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...