चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै जीवनरक्षको माग

474

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ र सोलाडारिटी फर डा.केसी अलाइन्सले डा.गिरीको सुरक्षाका लागि अपील गरेका छन् ।

बहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा.केसी अलाइन्सले आइतबार संयुक्त विज्ञप्ति जारी गरी राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले गरेको उक्त ज्यादतिको भत्र्सना गरेका छन् ।

“आज २० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बिएन्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दवाव दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेर बहादुर तामाङसमेतले उपाध्यक्ष डा.गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दवाव दिएपछि अहिले डा.गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।

May be an image of text that says 'प्रेस विज्ञप्त चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण सुरक्षाका लागि अपिल गते बसेको बैठकमा पुऱ्याएर मेडिकल राखेको गतेका आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति हाम्रो गस्भीर ध्यानाकर्षण भएको छलफल निश्कर्षीविहीन भएको दस्यहरुले सार्वजनिक भैसकेको सन्दर्भमा आज विकसित अहिले गिरीको भौतिक मानसिक सुरक्षामा चुनौती ओलीले उपाध्यक्ष श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ नाजायज दिएका शिक्षामन्त्री गोपाल दिएपछि दुरुपयोग भत्सर्नायोग्य मेडिकल एउटा प्रधानमन्त्री आपत्तिजनक भौतिक निकायका सुम्पेर निवासलाई गुण्डागर्दीको प्रमुखमाथि गरेको यस्तो धराशायी त्यसैगरी गिरीको सुरक्षाका निम्ति ा-फूनो ठाउबाट आवाज उठउन तथा नागरिकहरुमा अपिल गर्दद्ौ सम्बन्दित पायोगको आन्दोलित हामी बृहत् नागरिक आन्दोलन राजनीतिक दल, पेशाकर्मी सोलिडारिटी फर केसी अलायन्स'

Share This:
सम्बन्धित खबर
Loading...