जनताको अधिकार र आकांक्षा सरकारको प्राथमिकता : सञ्चारमन्त्री थापा

594

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति कार्यालयबाट शपथ ग्रहणपश्चात थापा सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

पदभारपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री थापाले सरकारले ल्याएको बजेटका साथै आगामी आर्थिक वर्षको कार्यक्रमलाई कार्यान्वयन गर्न ध्यान दिइने बताइन् ।

उनले नयाँ नेपालको अभियानमा अघि बढेको भन्दै सरकारको कार्यक्रमलाई सफल बनाउनुपर्ने जिकिर गरिन् । मन्त्री थापाले जनताको अधिकार र आकांक्षालाई पनि प्राथमिकतामा राख्ने धारणा राखिन् । उनले असफल हुने छुट कसैलाई पनि नरहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...