मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ईश्वरप्रसाद खतिवडाको बेञ्चमा

343

काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटहरुको सुनुवाइ हुँदै छ ।

रिटको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राज कुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकीर रिट निवेदकहरुले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...