ओलीले गरेको पार्टी एकताको प्रस्ताव नेपालद्वारा अस्वीकार [पूर्णपाठ]

252

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को झलनाथ खनाल–माधव कुमार नेपाल समूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ ।

सोमबार स्थायी कमिटी बैठक बसेर ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत बताइएको छ ।

प्रधानमन्त्री ओली स्वयमंले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने नेपालको आशय छ ।

विज्ञप्तिमा भनिएको छ,“प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो निर्णय सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण नेपालको सविधान, लोकतन्त्र र संसद्को रक्षा गर्नुपर्ने अवस्थाको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।”

प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएकाले प्रस्ताव अस्वीकृत भएको उनीहरुको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...