फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो हेर्नुस्

564

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ पूगेको छ । हवाई इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ ।

१५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो । नयाँ मूल्य सूचीअनुसार पनि निगमलाई १५ दिनमा करिब ६० करोड घाटा छ । जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रुपैयाँ घाटा हुने देखिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...