काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप उपलब्भ गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको निर्णयप्रति राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका हुन् । “मलाई लाग्छ कि यो बहुमूल्य सहयोगले नेपाल–अमेरिका मित्रतालाई थप अघि बढाउने छ,” देउवाले लेखेका छन् ।
Thank you @POTUS for your decision to provide COVID-19 vaccines to Nepal. I believe this valuable support will further strengthen the long-cherished Nepal-US friendship. 🙏
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 4, 2021