मधेश मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन : कमल थापा

312

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भन्ने सरकारी नीतिले सर्वत्र आशंका र चिन्ता पैदा भएको पनि उल्लेख गरेका छन् । यसले उत्पन्न भ्रमबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने पनि उनले बताए ।

“खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ। यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ,” थापाले भने, “वातावरणीय सन्तुलन विगार्ने तथा तराई÷मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...