हिमालय एयरलाइन्सले चीनबाट २ लाख डोज खोप निःशुल्क ल्याइदिने

490

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख तिब्बत स्वाशासित क्षेत्रको सरकारले दिने भएको छ । उक्त खोप युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निःशुल्क नेपाल ल्याइदिने भएको छ ।

एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीमा निःशुल्क ढुवानी गर्ने जनाएको हो ।

हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने छ । ४ उडानबाट कुल ४ सय १७ वटा बक्स खोप काठमाडौं ल्याइने हिमालय एयरलाइन्सले जानकारी दिएको छ । एउटा उडानामा हिमालयले १ सय ५ वटा बक्स ल्याउने भएको छ ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ । निःशुल्क ढुवानीबाट सरकारलाई २ करोड २५ लाख रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...