काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि शनिबार आकस्मिक बैठक बोलाएका हुन् । बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।
सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने नजाने बनाइएको छ ।
तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।