सुदूरपश्चिममा शनिबार एकैदिन १० जना संक्रमितको मृत्यु

465

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घन्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका २ महिला र १ पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।

शनिबार प्रदेशमा पिसिआर र एन्टिजेन विधिबाट १ हजार ४ सय १५ को नमुना परीक्षण गर्दा ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...