पूर्वप्रधानन्यायाधीशप्रति ओलीको आक्रोश : राज्यको पेन्सन खाएर सडकमा तान्डप गर्ने ?

532

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना पूर्वन्यायाधीशमाथि आक्रोश पाेखेका छन् ।

सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा केही नगर्न अहिले सडकमा हस्तक्षेपकारी तान्डव गरेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशिला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।

“उनीहरु त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेक हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरु न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पुर्याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी तान्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ ?” प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

Share This:
सम्बन्धित खबर
Loading...