काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट त्रसित जनातको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् ।
राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग खोपका लागि पहल बढाएका रावलले आलोचना गर्दै कार्यकारी प्रमुख झैँ विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लङ्घन भएको बताए ।
सामाजिक सञ्जाल ट्विटरमा रावलले खेलेका छन्,“कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।”
प्रधानमन्त्री र सरकार निकम्म भएको हो ? भनी रावलले प्रश्न गरेका छन् ।“ यसले, के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।”
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 31, 2021