एमसिसीलाई बजेट छुट्याएकोमा रावलको टिप्पणी : ‘राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो’

461

काठमाडौं । नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लाई बजेट छुट्याइएकोमा आपत्ति जनाएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् नेता रावलले संसद्‌बाट अनुमोदन नै नभएको एमसिसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।

उनले एमसिसीसँगको सम्झौता कार्यान्वयन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताए ।

“नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसद्‌बाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रम केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो,” उनले ट्विटरमा खेलेका छन्,“यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !”

Share This:
सम्बन्धित खबर
Loading...