भुसालको स्पष्टोक्ती : नेकपा विभाजन हुँदै नयाँ संविधानसम्म पुग्ने खेलको सूचना १ वर्षअघि नै पाएको थिएँ

268

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले पार्टी अध्यक्षलाई छोडेर प्रमुख प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् उनले एक सांसद्को हिसाबले आफूले मर्यादा उल्लंघन गरेको स्वीकार गर्दै अहिलेको व्यवस्था र संविधान बचाउनका लागि आफूसँग त्यसको विकल्प नभएको जिकिर गरेका छन् ।

“अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ,” भुसालले भने,“एउटा सांसद्को हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ ।”

करिब १ वर्ष अगाडि एक राजनीतिकर्मीले आफूलाई बताएअनुसार नै देशको राजनीतिक कोर्स अघि बढेको र त्यो अनुसा अहिलेको व्यवस्था र संविधान असफल बनाउने तर्फ लगिँदै गरेको दाबी गरेका छन् ।

गत वर्ष प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने अध्यादेश ल्याएकै भोलिपल्ट एक राजनीतिकर्मीले आफूलाई सुनाएको र अहिले त्यही अनुसार भइरहेको भुसालको दाबी छ । उनका अनुसार ती व्यक्तिले उनलाई नेकपा विवाद नमिल्ने, अदालतबाट एमाले र माओवादी छुट्याउँने, निर्वाचन घोषणा गरिने तर नहुने, त्यसपछि देशमा अन्योलको अवस्था हुँदै नयाँ संविधानको कोर्सतर्फ जाने कुरा उनले सुनाएको अहिले सोही अनुसार देश अघि बढ्न लागेको दबी गरेका छन् ।

घोषणा गरिएको निर्वाचन हुँदै नहुने र भएपनि निष्पक्ष नहुने उनको आंकलन छ । यही षडयन्त्रलाई असफल पार्न आफूले देउवालाई प्रधानमन्त्री बनाउने मागमा हस्ताक्षर गरेको भुसालले स्पष्ट पारेका छन् ।

“मेरो निर्णय लोकतान्त्रिक स्थितरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...