काठमाडौं । बागमती प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबारदेखि सुरु हुने भएको छ । बागमती प्रदेशसभाको अधिवेशन जेठ १६ गतेदेखि सुरु गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् ।
बिहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेशसभाको अधिवेशन सुरु गर्ने र कोभिड–१९ को महामरीका बीचमा प्रदेशसभा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।
“संसद् अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनका लागि कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो । सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड–१९को प्रकोप धेरै छ । कोभिडको बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ,” उनले भने ।