नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा जारी

308

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेर बहादुर देउवाले आफ्नो निवास बूढानिलकण्ठमा बैठक राखेका हुन् ।

संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।

संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रियता बढेको छ । देउवाले मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुसित नयाँ बानेश्वरमा छलफल गरेका थिए ।

आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १ सय ४६ सांसद्सहित सर्वोच्चमा रिट दिएका छन् ।

अब कसरी अगाडि बढ्ने र १४औँ महाधिवेशन तयारीबारे आवश्यम रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...