एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

427

सुदूरपश्चिम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई विशेष महत्वकासाथ हेरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

प्रदेशसभामा एमालेको तर्फबाट २५ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये १८ जना माधव कुमार नेपाल समूहका र ७ जना एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका छन् ।

प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् । उनले एमालेको केन्द्रीय कमिटीको निर्देशन पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।

बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...