राष्ट्रियसभा उपनिर्वाचन : ‘बादल’लाई एक हजार बढी मतले हराउँदै देवकोटा विजयी

384

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

उनले निवर्तमान गृहमन्त्री एवम् नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराएका हुन् ।

बिहीबार भएको उपनिर्वाचनमा डा. देवकोटाले ५ हजार ८८ मतभार पाए भने उनका प्रतिद्वन्द्वी बादलले ४ हजार ४१ मत पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...