नेपाली टोली मैत्रीपूर्ण फुटबल खेलका लागि जेठ ११ मा इराक जाने

313

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली यही जेठ ११ गते इराक जाने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टोली कतार एयरवेजमार्फत् इराक जाने एन्फाले जनाएको छ ।

नेपालले जेठ १५ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा घरेलु टोली इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

इरानसँग मैत्रीपूर्ण र विश्वकप छनोटको खेल खेलेपछि नेपाली टिम जेठ २९ गते स्वादेश फर्कनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...