नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै

535

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) कार्यदलको बैठक साँझ ७ बजे बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको बैठकमा बुधबार तय गरिएको कार्यविधिमा रहेर निरन्त छलफल हुने संस्थापन पक्षका कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

विशेषगरी पार्टीको आन्तरिक विवाद समाधानका एवम् पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने, पार्टीमा देखिएका समस्या समाधानका गरी पार्टी एकताबद्ध बनाउन सम्पूर्ण पार्टी पंक्तिमा सहयोगको अपिल गर्ने र पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरिएको थियो ।

आजको बैठकले यिनै विषयलाई निरन्तरता दिने कार्यदलका संयोजक नेम्वाङले जानकारी दिए ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् । यस्तै, नेपाल तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

Share This:
सम्बन्धित खबर
Loading...