काठमाडौं उपत्यकामा एकैदिन थपिए २,६२३ संक्रमित, ६३ जनाको मृत्यु

498

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ जना गरी उपत्यकामा २ हजार ६ सय ३५ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा २७ हजार ३ सय ३९, भक्तपुरमा ४ हजार ९ सय १६ र ललितपुरमा ६ हजार ९ सय ९० जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६३ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ३९, ललितपुरमा ५ र भक्तपुरमा १९ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...