राष्ट्रियसभा उपनिर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

575

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ । उक्त मापदण्डअनुसार आयोगले मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित २ जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, मतदानस्थल तथा मतदान केन्द्रमा प्रदेश गर्नुअघि ७२ घन्टा अवधिको पिसिआर रिपोर्ट देखाउनुपर्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले कोभिड–१९ संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदानकेन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्यरुपमा पिपिईको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तिमा २ मिटरको दुरी कायम गर्नुपर्ने र सबैल् अनिवार्यरुपमा फेसशिल्ड, पञ्जा र मास्क लगाउनुपर्नेछ ।

त्यस्तै मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वास्तिक छापलगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्न अघि अनिवार्यरुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिुएको जनाएको छ ।

बागमती प्रदेशमा जेठ ६ र लुम्बिनी प्रदेशमा जेठ १७ गते उपनिर्वाचन हुँदैछ ।

Share This:
सम्बन्धित खबर
Loading...