विश्वासको मत माग्ने नैतिक अधिकार ओलीलाई छैन : प्रचण्ड

475

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर पुन प्रतिनिधिसभामा नै विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताएका छन् ।

प्रचण्डले पार्टीभित्रको नेताको विवादको मार प्रधानमन्त्री ओलीले संसद, देश र जनतामाथि थोपर्न खोजेको तर्क गरे । अहिले विश्वासको मत लिन आएकाप्रति पनि शंका गर्दै प्रचण्डले फेरि विघटनको बाटो बनाउन होकी भन्ने आभाष भएको बताए ।

प्रचण्डले अहिलेको अधिवेशन पनि लोकतान्त्रिक तरिकाले नबोलाएको बताए । बजेट अधिवेशन बोलाएर त्यहीँबाट विश्वासको मत लिनुपर्नेमा त्यसो नगरेको भन्दै उनले रोष प्रकट गए ।

प्रचण्डले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...