एकताको पक्षमा उभिन आह्वान गर्दै ओलीले भने–‘कसैलाई पक्षपात गर्दिन’

679

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका हुन् । आफूले कसैलाई पनि काखा पाखा नगर्ने अपीलमा उल्लेख गरेका छन् ।

“आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।” वक्तव्यमा भनिएको छ ।

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्ति पनि देखा परेको पनि बताएका छन् । यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी/नजानी कुनै पनि हिसाबले संलग्न नहुने वक्तव्यमार्फत् आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...