प्रधानमन्त्रीलाई महन्थ ठाकुरले भने–विश्वासको मत दिँदैनौँ

484

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेकाे छ ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरु पूरा भइनसकेकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

“हाम्रा मागहरु अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ,” ठाकुरलाई उद्धृथ गर्दै स्रोतले भन्यो ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम सुरु भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकरात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...