कैलालीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

427

कैलाली । कैलालीमा पछिल्लो २४ घन्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका र कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक–एक जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए।

Share This:
सम्बन्धित खबर
Loading...