काठमाडौं । सरकारले मधेस आन्दोलनको १५ वटा मुद्दामा १२० जना प्रतिवादी भएको मुद्दा फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको जानकारी दिए ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरूङले बताए ।
मुद्दा फिर्ता लिइएका व्यक्तिहरूको नामावली