‘नेपालमा कोरोना संक्रमणको वृद्धिदर विश्वकै सबैभन्दा उच्च’

1,085

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको वृद्धिदर विश्वकै सबैभन्दा उच्च तहमा पुगेको बताएको छ ।

पछिल्लो एक हप्तामा नेपालमा कोरोना संक्रमण दर २४१ प्रतिशत अर्थत् झन्डै २.५ गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो ।

अहिले विश्वमा कोरोना संक्रमण वृद्धिदर १० प्रतिशत मात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा संक्रमण वृद्धिदर ६० प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

यस्तै, नेपालमा परीक्षण नमुनामध्ये ३० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसको अर्थ हाम्रो समुदायमा संक्रमण व्यापक भइसकेको बुझ्न सकिने धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डा. विराजमान कर्माचार्यले जानकारी दिए ।

नेपालमा अहिले देखिएको अवस्था भयावकका रुपमा नजिक रहेको संकेतका रुपमा बुझ्नुपर्ने भन्दै डा. कर्माचार्यले तत्काल थप सावधानी नअपनाइए अवस्था खराब हुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...