काठमाडौं । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गरी ओली पक्षीय एमालेमा फर्किएका शेर बहादुर तामाङले एमालेको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका छन् ।
शुक्रबार बालुवाटारमा एमालेको दशौँ महाधिवेशन कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुनमन्त्री समेत रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिएको हो ।
एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव रहेका छन् । शुक्रबार थपिएका तामाङ सहित एमालेमा अब दुई जना सचिव भएका छन् ।