नेपाल ६९ रनको फराकिलो अन्तरले विजयी

311

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तगर्त लिग चरणको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

आजको खेलमा नेपालका करण केसीले ४५, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१ रनको पारी खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ तथा कुशल भुर्तेलले १६ रन जोडे ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले ५ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । मलेसियाका अमिनुद्दिन रम्लीले सर्वाधिक ४१ रन बनाए । यस्तै, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, विरन्दीप सिंहले १३ रन बनाएपनि टोलीलाई हारबाट बचाउन सकेनन् ।

मलेसियालाई कम स्कोरमा समेट्ने क्रममा नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान ३–३, तथा सुशन भारीले १ विकेट हात पारे ।

यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपालले शनिबार उपाधिका लागि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...