चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

405

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्त रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाधीश छन् । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले तग शुक्रबार अनुमोदन गरेको थियो ।

This image has an empty alt attribute; its file name is %E0%A5%AE-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%A7%E0%A5%80%E0%A4%B6%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-_%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_2078-1-6-scaled.jpg

Share This:
सम्बन्धित खबर
Loading...