माओवादीले संघ र प्रदेशमा गुमायो १३ सांसद

372

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संघ र प्रदेशमा गरी १३ सांसद गुमाएको छ । माओवादीले संघीय संसदमा ५ र प्रदेशमा ८ जना गरी १३ सांसद गुमाएको हो ।

संघका माओवादीबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य राम बहादुर थापा‘बादल’को पद गुमेको छ ।

बालद ओली नेतृत्वको वर्तमान सरकारका गृहमन्त्री हुन् । त्यसैगरी, रायमाझी ऊर्जा, जलस्रोत तथा सिंचाइ, भट्ट उद्योग वाणिज्य तथा अपूर्ति, साह सहरी विकास र चौधरी श्रम रोजगार तथा सामाजि सुरक्षामन्त्री छन् । सांसद पदसँगै मन्त्री पद पनि गुमेपछि उनीहरु मन्त्रीमा पुनः नियुक्त भइसकेका छन् ।

थापासहित ५ जनालाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद रिक्त छ । प्रदेशसभाका ८ सांसदलाई माओवादीले कारबाही गरेकाले ती सांसद पद पनि रिक्त छन् ।

प्रदेश नम्बर १ मा टंक आङ्बुहाङ, प्रदेश दुईमा रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरले माओवादी केन्द्र छाडेर एमालेमा लागेका छन् । यस्तै, लुम्बिनीबाट दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णालीबाट धर्मराज रेग्मी पनि एमालेमा लागेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...