काठमाडौं । सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको बिदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् ।
संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र विभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताए ।
अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे । सभामुख सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफूलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।
उनले देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आएपनि नरोकिने स्पष्ट पारे। उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताए ।