काठमाडाैं । माधव कुमार नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।
नेपाल उत्पीडन जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एमव् अध्यक्ष ओलीले भने,“अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौँ । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा बिना भेदभाव काम गर्न दिन्छौँ ।”
तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उनले बताए । आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठकी पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले भने, “म सीमा हेरिरहेको छु ।”