रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘लभ करे दे’ सार्वजनिक [भिडियो]

568

काठमाडौं । नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको युगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक भने पारस मणि हुन् ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सबिना) को निर्माण रहेको उक्त मैथिली भिडियोमा मोडल रिचा थापा र प्रदीप कुमार रसाइलीलाई देख्न सकिन्छ । भिडियोमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ । त्यसैगरी नवीन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ।

 

Share This:
सम्बन्धित खबर
Loading...