माओवादी केन्द्रले गृहमन्त्री थापालाई पनि गर्यो कारबाही

390

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा ‘बादल’ राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ ।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् ।

“उहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको छ । हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसकेका छौँ,” दलका नेता शर्माले भने,“बादलजी अब माओवादी केन्द्रको सांसद रहनुभएन ।”

त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घन्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए ।

यसअघि माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका प्रतिनिधिसभाका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहलाई कारबाही गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...