काठामाडौं । नेपालको वातावरण बिग्रदै गएको र यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौं उपत्यका लगायत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘हामी हावा फेर्ने कि धुलो’‚ ‘कति गर्नु बहाना’‚ ‘मास्क लगाउनु छैन चाहना’‚ ‘सरकार सास फेर्न दे’लगायतका प्ले कार्ड बोकेका थिए ।
उनीहरुले नेपालको मौसमी वातावरणलाई सुधार गर्न सरोकारवालाहरुको निरन्तर ध्यानाकर्षण गराउने जनाएका छन् ।